माधुरी महतो
वीरगन्ज,२१जेष्ठःमुलुकमा संघीयता लागु भएको झण्डै एक दशक हुन लागेपनि नागरिकले राज्यको श्रोतसाधनको अनुभूती गर्न नपाएको सरोकारवालाहरुले बताएका छन् ।
बाराको कलैयामा सोमबार आयोजित शासन प्रक्रिया संचालनमा देखिएका द्वनद्ध विषयक प्रदेशस्तरीय संवाद कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।सामाजिक परिवर्तन केन्द्रले आयोजना गरेको कार्यक्रममा स्थानीय श्रोत व्यतिmको रुपमा प्रस्तुतीकरण दिदै वरीष्ठ पत्रकार चन्द्रकिशोरले राज्य शतिmको श्रोत स्थानीय तहसम्म पुगेको दाबी गरिएपनि नागरीकले भने त्यसको अुनुभुती गर्न नपाएको बताए ।उनले स्थानीय , प्रदेश र संघ सरकारमा समावेशी अनुहार पाउन मुश्किल हुने गरेको बताउँदै तीन तहको सरकारमा स्वामित्वको आयतन खुम्चिदै गएको बताए ।
झाले भने,‘स्थानीय , प्रदेश वा केन्द्रमा वन संरक्षणवादी संस्थाको सशतिmकरण हुन सकेको छैन । मधेसमा विभिन्न कालखण्डमा आफ्नो विभिन्न अधिकारका लागि अभियान , विद्रोह ,आन्दोलन भए। मधेस केही हदसम्म विजेताको रुपमा आएपनि त्यो हिसाबले विकास हुन सकेन ।नीतिगत संरचनामै ह्रास आयो जसको भुतmानी यहाँका नागरीकले गर्नुपरीरहेको छ ।अर्कोतर्फ सबै कुरामाथि राजनीतीक संक्रमण बढी हाबी हुन जाँदा विभिन्न समस्या र टकराव मात्रै देखीन्छ ।’
उनले मधधेश दलितहरुको राजधानी भनेर चिनिएपनि मधेस प्रदेशमै प्रहरीको हिरासतमादेखि लिएर गाउँसमाजमा दलित हत्याका घटना दिनप्रतीदिन बढ्दै गएको दुखेसो पोखे । अझ मधेसमा महिलाहरु कुनै पनि दलको अगुवाको रुपमा आफ्नो पहिचान बनाउन नसकेको अवस्था रहेको उनले बताए । अब भने दलितको घरमा राज्य मृत अवस्थामा रहेको अनुभव नागरिकले नगर्नुका साथै नागरीक शतिm मजबुत हुने अवधारणा ल्याउनुपर्नेमा उनले जोड दिए ।
कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले स्थानीय सरकारको प्रतिनिधित्व गरीरहेके जस्तो देखिएपनि केन्द्र सरकारले अझ आफुहरुको अधिकार कुन्ठित गरेको गुनासो पोखे ।उनले एक स्थानीय तहका लागि एउटा नियम कानुनले कुनै बाधा नपुर्याईरहेको अवस्थामा अर्को स्थानीय तहका लागि उतm नियम कानुन भने अड्चनको रुपमा रहेको बताए ।
मेयर साहले भने,‘संघीयता लागु हुनुभन्दा पहिलेकै व्यवस्थामा अहिलेको भन्दा बढी स्वतन्त्रतापुर्वक काम गर्न पाईएको महशुश हुँदैछ अहिले ।पहिले गाविस र अहिले नगरपालिका यो दुई शब्द मात्र परिवर्तन भएको तर जनप्रतीनीधीसंगको व्यवहार र व्यवस्था भने उस्तैछ ।संघ सरकारले अझ पनि हरेक तवरबाट स्थानीय सरकारलाई कुण्ठित गर्ने कार्य नै गर्दै आएको छ ।’ कार्यक्रममा बोल्दै जसपाका केन्द्रिय सदस्य रामकिशोर यादवले संघीयता नै समाप्त हुने खतरा बढ्दै गएको टिप्पणी गरे ।
कार्यक्रममा विभिन्न राजनीतीक दलका नेता ,सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी, पत्रकार , नागरीक समाज लगायतको सहभागीता रहेको थियो ।कार्यक्रमको सहजिकरण संस्थाका फिल्ड अफिसर विक्की महतोले गरेका थिए ।

