Madhes Khabar
स्थानिय

उपेन्द्र यादवलाई मेयर सिंहले भने : विकासको नमूना हेर्न बैशाख १ गते वीरगन्ज आउनु होला

मधेसखबर
वीरगन्ज,१९ माघ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आगामी बैशाखमा वीरगन्ज आएर वीरगन्जको विकासको नमूना हेर्न जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई निम्तो दिएका छन् ।

बिहीबार वीरगन्जमा आयोजित जसपाको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी जसपाका राष्ट्रिय अध्यक्ष यादवलाई आग्रह गर्दै मेयर सिंहले भने ,‘ वीरगन्जमा मैले नेतृत्व सम्होले देखि के के काम गरेको छु ? यो शहरको मुहार फेर्न कस्ता कस्ता परियोजना अगाडि बढाएको छु ? यो सब हेर्न राष्ट्रिय अध्यक्ष ज्युलाई म बैशाख १ गते वीरगन्ज आएर हेरिदिनु होला भन्ने आग्रह गर्छु ।

देशका ६ वटा महानगरपालिका मध्ये जसपाले नेतृत्व सम्हालेको वीरगन्ज महानगरले देशभरमै नमूना काम गरिरहेको जिकिर पनि मेयर सिंहले गरे । आफुले महानगरको नेतृत्व सम्हालेदेखि नै वीरगन्जवासीले परिवर्तनको अनूभीती गर्न थालिसकेको भन्दै मेयर सिंहले भने ,‘ विरोध गर्नेको पछाडि मा लाग्दिन , म आफनो काममा लागि रहन्छु , १ वर्षमा मैले के के काम गरे , त्यो सब आगामी बैशाखमा सबैले देख्न सक्नेछन् ।

उनले वीरगन्जमा जसपाको पार्टी कार्यालय निर्माणका लागि पार्टी नेतृत्वले अग्रसरता भवन निर्माणको जिम्मा आफुले लिने उद्घोष पनि गरे । सिंहले भने ,‘ पहिले देखि नै साढे ५ कठ्ठठा जग्गा छदैछ , फागुन भित्र शिलान्यास गराउनुस् , भवन निर्माणको जिम्मा म लिन्छु ।
जसपाका केन्द्रिय सदस्य समेत रहेका मेयर सिंहले पर्सामा पार्टीका कार्यकर्तामा नभइ नेतृत्वमा कमजोरी रहेको पनि बताए । त्यसलाई सुधारेर अगाडि बढ्न आवश्यक रहेको सुझाव पनि उनले दिए ।

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई अध्यक्ष उपेन्द्र यादव ,केन्द्रिय राजनीतिक समिति सदस्य एंव पूर्व वनमन्त्री प्रदीप यादव , केन्द्रिय सदस्य एंव मधेस प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्धी , केन्द्रिय सदस्य हरिनारायण रौनीयार , प्रदेशसभा सदस्यद्वय सिंगासन साह कलवार र प्रमोद जयसवाल, नगर अध्यक्ष इश्वरचन्द्र यादव , महिला नेतृ डाक्टर मधु गुप्ता लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।

Related posts

ग्रामीण भेगका महिलाहरुलाई विधुतिय चुल्हो हस्तान्तरण र प्रयोग गर्ने बारे प्रशिक्षण

MadhesKhabar

प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न

MadhesKhabar

वीरगन्जसहित तराई–मधेसमा अचाक्ली बढ्यो गर्मी

MadhesKhabar

Leave a Comment