Madhes Khabar
स्थानिय

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुदा हवारीको मृत्यु

मधेसखबर
वीरगन्ज,११ मंसिर : वीरगन्जमा मोटरसाइकल दुर्घटना हुदा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते पनि भएका छन् ।मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका १९ वर्षिय साहिल हवारी रहेका छन् ।

शनिबार राति वीरगन्ज १४ पिपराको नृसिंह मावि स्थित सडकमा मधेस प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलका चालक हवारी र त्यसमा सवार मुर्लीकै २० वर्षिय सरजात अन्सारी घाइते भएका थिए ।

घाइते दुवै जनलाई उपचारका लागि वीरगन्जकै स्पर्श मल्टिस्पेशलिटी हस्पिटलमा भर्ना गरिएकोमा हवारीको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए । घाइते अन्सारीको उपचार जारी रहेको उनले बताए ।

Related posts

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएपछि वीरगन्जको आईसिपी चोक तनावग्रस्त, पत्रकारमाथि दुर्व्यवहार

MadhesKhabar

प्रसौनी गाँउपालिकाको गाँउसभा विवादित , अध्यक्षले जबरजस्ति गरेको आरोप

MadhesKhabar

अटेरी अशाेक मित्तलकाे सिद्धि टेक्सटाइल उद्योगलाई महानगरले फेरि गर्याे दण्डित

MadhesKhabar

Leave a Comment