Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज कारागारका एक कैदीको नारायणी अस्पतालमा मृत्यु

वीरगन्ज,२६मंसिरःवीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज कारागारका एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका ३७ वर्षीय अनिल महत्तो रहेका छन् ।

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदीका अनुसार, पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका महत्तोलाई स्वास्थ्यमा समस्या भएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरीले उपचारका लागि उनलाई शुक्रबार दिउँसो १ बजेतिर नारायणी अस्पतालमा लगेका थिए ।त्यहि उपचारका क्रममा शुक्रबार नै दिउँसो करिब २ बजेतिर महत्तोको मृत्यु भएको प्रहरी निरीक्षक सुबेदीले बताए।

प्रहरीका अनुसार, सवारी ज्यान मुद्धामा अदालतबाट ३ वर्ष कैद सजाय र २ हजार रुपैयाँ जरिवानाको फैसला गरिएपछि वीरगन्ज कारागारमा उनि सजाय काट्दै आएका थिए । उनको कैद सजाय आउँदो चैत महिनामा सकिनेवाला थियो ।

मृतक महत्तोको उपचारमा लापरवाही गरिएको भन्दै उनका परिवारजनले अस्पताल परिसरमै केहि बेर विवाद गरेका थिए । त्यसपछि प्रहरीले सम्झाई बुझाई गरेपछि परिवारजनले शव बुझेर अन्त्येष्टिका लागि घर लगेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिए ।

Related posts

ठाकुरराम क्याम्पसमा विद्यार्थी नेताहरुले गरे तालाबन्दी

MadhesKhabar

विधार्थी संगठनहरुको विवादले ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा

MadhesKhabar

बारामा एसपी र डिएसपीकाे नाममा तस्करसंग पैसा असुली गर्ने सहनी पक्राउ

MadhesKhabar

Leave a Comment