Madhes Khabar
राजनीति

माओेवादी पार्टी फुट्दैछ,प्रचण्ड सरकारपनि चाँडै ढल्छ : उपेन्द्र यादव

फाइल फाेटाे

काठमाडौं,२०जेष्ठ :जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार चाडै ढल्ने दाबी गरेका छन्।

सत्ताधारी पार्टीका प्रमुख घटक एमालेलाई समेत बेइमानी गरी बजेट ल्याएकाले अब यो सरकार दुई चार दिन समेत नचल्ने अध्यक्ष यादवले दाबी गरे।आइतबार जसपा नेपाल कपिलवस्तुले तौलिहवामा आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै उनले भने,`अहिलेको बजेटको बिषयमा केपी ओलीले समेत असन्तुष्टि पोख्नुले पनि यो सरकारका आयु धेरै नभएको सङ्केत देखिएको छ।

‘अहिलेको बजेट माओवादीले एकलौटी ढंगले ल्याएको छ , त्यसैले अब यो सरकार चाडै धराशायी हुन्छ’ उनले भने। आफ्नो पार्टीलाई प्रचण्डले सरकार बचाउने नाममा फुटाएको यादवले आरोप लगाए।

अहिले माओवादी पार्टी समेत फुट्ने चर्चा चलेको भन्दै उनले सिसाको घर भएकाले अरूको घरमा पत्थर हानेकोले यसको परिणाम चाडै आउने उनले बताए। ‘अहिलेको बजेट पपुलिस्ट बजेट हो, माओवादीले एक्लै ल्याएको हो यसले तस्कर र धनीलाई मात्र पोस्ने काम गर्छ’ उनले भने। बजेटले विदेशी रिन झनै बढदै गएको र गरिबी झनै बढाउँदै गएको बताए। साभार:नागरिक

Related posts

पर्सा ३ (क) मा काँग्रेसका बागी मनाेज यादवकाे उम्मेदवारी फिर्ता

MadhesKhabar

रास्वपाले जित्यो प्रत्यक्षमा ७६ प्रतिशत सिट

MadhesKhabar

कांग्रेस महामन्त्री गगन थापाले गरे सभापतिमा लड्ने घोषणा

MadhesKhabar

Leave a Comment