Madhes Khabar
स्वास्थ्य

वीरगन्जको राधेमाईमा स्वास्थ्य शिविर हुदैं, औषधिपनि नि:शुल्क पाइने

वीरगन्ज,३जेष्ठःवीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा जेष्ठ ५ गते शनिबार निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिने भएको छ ।

वडा नम्बर १३ स्थित राधेमाई मन्दिर परिसरमा आगामी शनिबार वडा समितिको कार्यालयको आयोजनामा हुने एक दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा बिरामीहरुको स्वास्थ्य परिक्षणसंगै औषधि वितरणपनि गरिने डाक्क्टर अनुपम उपाध्यायले जानकारी दिए ।

शिविरमा अनुभवी एंव दक्ष चिकित्सकहरुले बिरामीहरको स्वास्थ्य परिक्षण गर्ने भएकाले शिविरमा आएर लाभ लिन वडाध्यक्ष हिरा गिरीले वडाबासीमा अपिल गरेका छन् ।

शिविरमा बिरामीको स्वास्थ्य परिक्षण दिल्लीको एम्स हस्पिटलमा काम गरिसकेका एमडी इन जेरियाट्रिक मेडिसिन अर्थत ’जेष्ठ नागरिक विशेषज्ञ’ डा. अनुपम उपाध्यायले मधुमेह, मुटु रोग, छाती, थाईराईड, प्रोस्टेट, कब्जियत, कमजोर स्मरण शक्ति, लकवा,रक्तचाप, पिसाबको समस्या ईत्यादि बारे जाँच गर्नेछन् । यस्तै शिविरमा एम्स हस्पिटलबाटै एमडी इन स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निकु मण्डलले गर्भवती महिला, महिनावानरी खराबी, पाठेघरको क्यान्सर, सेतो पानी बग्ने, संक्रमण लगायतका समस्याको जाँच गर्ने वडाध्यक्ष गिरीले बताए ।

यस्तै शिविरमा बाल रोग विशेषज्ञ डा.आनन्द रौनियार, नेत्र रोग विशेषज्ञ डा.पवन राज पटेललेपनि बिरामीहरुको जाँच गर्ने वडाध्यक्ष गिरीले जानकारी दिए ।

 

 

 

 

Related posts

नेशनल मेडिकल कलेज र पर्साका सहकारी संस्थाहरुबिच सम्झौता: स्वास्थ्य उपचार सेवामा विशेष छुट

MadhesKhabar

स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशमा लगातार ३ वर्षदेखि प्रथम

MadhesKhabar

हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको संख्या बढ्दै, थप ७ मा हैजा पुष्टी, शंकास्पद २ को मृत्यु

MadhesKhabar

Leave a Comment