Madhes Khabar
स्थानिय

वीरगन्जका विद्यालयमै पुगेर ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी

वीरगन्ज,२जेष्ठः वीरगन्जका स्कूले विद्यार्थीहरुसंग ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गरिएको छ ।जिल्ला ट्रापिक प्रहरी कार्यालय पर्सा र व्यवस्थित वीरगन्ज अभियानले संयुक्त रुपमा सचेतना कार्यक्रमको गरेको हो ।

कक्षा १०, ११ र १२ मा अध्ययनरत करिब एक सय जना विद्यार्थीहरु सहभागी कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले सवारी दुर्घटना नियन्त्रणका लागि विद्यार्थी सचेत हुनुपर्नेमा जोड दिए । विद्यार्थीले आफ्ना अभिभावकसँगै आफुले चिनेका व्यक्तिहरुलाई सचेत गराउन सकेमा ट्राफिक सचेतना प्रभावकारी हुने र यसबाट सवारी दुर्घटना नियन्त्रणमा सघाउ पुग्ने उनको भनाइ थियो ।

सवारी चालक मात्रै नभएर पैदल यात्रु पनि दुर्घटनामा पर्ने गरेको बताउँदै उनले सुरक्षित तवरले यात्रा गर्नका लागि ट्राफिक सचेतनाको आवश्यक्ता औँल्याए । सवारी दुर्घटनाका कारण समावेश गरिएको भिडियो सामग्री पनि उनले विद्यार्थीहरुलाई देखाएका थिए ।

कार्यक्रममा व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलीपराज कार्कीले विद्यालय तहबाटै ट्राफिक सचेतनाको थालनी गरिएको बताए । उनकाअनुसार सामुदायिक विद्यालयमा यसअघि नै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएकोमा त्यसैलाई निरन्तरता दिदै बुधबार डिएभी आरबी केडिया स्कुलमा प्रशिक्षण दिइएको कार्कीले बताए ।

प्रधानाध्यापक राकेश मिश्रले हरेक वर्ष ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सचेत बनाउँदै आएको जानकारी गराए । विद्यालय तहबाटै सचेत बनाएमा परिवर्तन सम्भव हुने मिश्रको भनाई छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले ट्राफिक नियमको पालना गर्ने र गराउने प्रतिबद्धता जनाउदै आफ्ना अभिभावकले हेल्मेट नलगाएमा वा मादक पदार्थ सेवन गरेमा सवारी साधनमा नचढ्ने प्रतिबद्धता पनि जनाएको विद्यालयका शिक्षक प्रकाश कर्णले जानकारी दिए ।

Related posts

गौर हत्या काण्डका दोषीहरुलाई कारबाहीको माग गर्दै कलैयामा प्रदर्शन

MadhesKhabar

सडकमा फोहोर फ्याँक्ने वडाध्यक्ष शाहलाईपनि वीरगन्ज महानगरले गर्यो कारबाही

MadhesKhabar

हात्तीको दारा खरिदबिक्री गर्ने गिराेहका तीन जना ठाेरीबाट पक्राउ 

MadhesKhabar

Leave a Comment