Madhes Khabar
स्थानिय हेडलाइन

सरकारसंग जग्गा माग्दै वीरगन्जमा दलित सुकुम्बासीहरुको प्रदर्शन

मधेसखबर
वीरगन्ज,८फागुन : वीरगन्जमा दलित सुकुम्बासीहरुले सरकारसंग जग्गा माग्दै सोमबार प्रदर्शन गरेका छन् ।चुरे तथा वन जंगल संरक्षण अभियान पर्साको अगुवाईमा उनिहरुले वीरगन्जको छपकैयामा सोमबार सडकमै उत्रिएर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले भूमीहिन , गरिब र सुकुम्बासीलाई जग्गा र घर देउ, भूमीहिन र अव्यवस्थित बसोबासीहरुको समस्या सामधान गर लगायतका नारा लगाएका थिए ।

छपकैयाको पासवान टोलमा गरिएको प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय सह–संयोजक रानी रायले सरकारले आफुहरुको पिडा नसुनेपछि सडकमा उत्रिएर प्रदर्शन गर्नु परेको बताइन् । मधेस प्रदेशका मुख्यमन्त्री र प्रदेस सांसदहरुलाई भेटेरै भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको उनले बताइन् ।

कोणसभालाई सम्बोधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियान पर्साका उपाध्यक्ष विजय कुमार पासवानले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि सरकारले जग्गाधनी प्रमाण पुर्जाका साथै गास , बास र कपासको व्यवस्था गर्नु पर्ने आफुहरुको माग रहेको बताए ।

Related posts

बंगलादेशमा रहेका हिन्दु लगायतका अल्पसंख्यकको रक्षाका लागि नेपाल सरकारले पहल गरोस् :पूर्वमुख्यमन्त्री सोनल

MadhesKhabar

पर्साकाे हरपुरमा भैंसीसंग माेटरसाइकल ठाेक्किदा चालककाे मृत्युु

MadhesKhabar

लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

MadhesKhabar

Leave a Comment