Madhes Khabar
राजनीति

कांग्रेस पर्साको जिल्ला समिति विस्तार : जिल्ला सदस्यमा ७ र आमन्त्रित सदस्यमा १९ जना मनोनित

वीरगन्ज,२जेष्ठ :नेपाली कांग्रेस पर्साको जिल्ला कार्यसमिति सदस्यमा ७ जना र आमन्त्रित जिल्ला सदस्यमा १९ जनालाई मनोनित भएका छन्।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले युवा नेताहरु हरिन्द्र यादव, रामनिवास यादव, दिना गुप्ता,शम्भु मिश्रा , एकबाल हुसेन ठकुराई ,चुमन चौधरी र दिपेन्द्र कुर्मीलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका हुन्।

नेपाली कांग्रेसको विधानको २०१७ र नियमावली २०७६ अनुसार सातैै जनालाई जिल्ला कार्यसमिति सदस्य पदमा मनोनित गरिएको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए।

यस्तै आमन्त्रित जिल्ला सदस्यमा दिपनारायण रौनीयार (मन्टु),सुरेश मेहता, अनोज चौधरी,प्रवेश कुमार सर्राफ, ग्यासुदिन ठाकुराई,अजनय पटेल , मनोज चौधरी,लिलावती देवी , रहना खातुन,चिनमाया लामा, बबिता सिंह क्षेत्री,सरफुन नेशा, मन्तुरादेवी थरुनी,सन्जय साह, सोनामति देवी यादव,राजमति देवी, मन्जु देवी पटेल,रेखा चौधरी र सन्जय गुप्तालाई मनोनित गरिएको जिल्ला उपसभापति कुर्मीले जानकारी दिए ।

Related posts

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी

MadhesKhabar

बारा–२ बाट निर्वाचित उपेन्द्र यादवले आज सांसद पदको शपथ लिदैं

MadhesKhabar

ठाकुररामको स्ववियु निर्वाचन : सर्वपक्षीय बैठक निष्कर्ष बिहिन, विधार्थीको अनसन जारी

MadhesKhabar

Leave a Comment