Madhes Khabar
समाज

राजश्व छलीको आशंकामा ८१ लाखको सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगन्ज,३१बैशाखः वीरगन्जबाट प्रहरीले बिलबिजक भन्दा बढीको सामान लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । करिब ८१ लाख रुपैयाँ मूल्यको सामान लिएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३०२८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ हनुमान मन्दिर चोक नजिकै आइतबारराति प्रहरीले उक्त ट्रक रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकमा बिलबिजक भन्दा बढी परिणामका हार्डवेयर तथा खुद्रा सामानहरु भेटिएपछि राजश्व छलीको आशंकामा उक्त ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । ट्रकबाट ८१ लाख ५६ हजार ९४३ रुपैयाँ मूल्यका सामान बरामद गरिएको उनले बताए ।

सामानसहित नियन्त्रणमा लिइएको उक्त ट्रक थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जानकारी थापाले दिए ।

Related posts

लिटल बडी इन्टरनेशनल प्रिस्कूलको कार्यक्रममा ४० जनाद्वारा रगतदान

MadhesKhabar

वीरगन्जमा आयोजित कार्यक्रममा २७ जनाद्धारा रगत दान

MadhesKhabar

ठाकुरराममा स्ववियुद्वारा आयोजित कार्यक्रममा ६१ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment