Madhes Khabar
स्थानिय

वीरगन्जमा स्वास्थ्य पत्रिका ‘पब्लिक हेल्थ स्टेरी’ को गरियो विमोचन

वीरगन्ज,२९बैशाखःवीरगन्जमा शनिबार पब्लिक हेल्थ स्टेरी नामक मासिक पत्रिकाको विमोचन गरिएको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष तथा मधेश संयोजक डाक्टर नीरज सिंहले उक्त पत्रिकाको विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै डाक्टर सिंहले नेपालबाट दक्ष चिकित्सहरु पलायन भईरहेकोले भोलीको दिनमा राम्रो स्वास्थ्य उपचार सेवामा समस्या आउने बताएका बताए ।डा.सिंहले नेताहरु केवल खरिद प्रक्रियामा धेरै संलग्न भएको देख्दा निकै दुख लागेको बताए।विकासको नाममा केवल सडक र नाला बनाउने काम भइरहेको भन्दै शिक्षातर्फपनि बिशेष ध्यान दिनुपर्ने बताए ।

नेकपा एमालेका जिल्ला सचिव तथा पत्रकार महेश दासले आफुले गरेको तीन दशकको सक्रिय पत्रकारीताबाट अब हट्ने र राजनितिका मार्फत समाज परिवर्तनको काममा लाग्ने बताए ।स्वास्थ्य पत्रिका वीरगन्जबाट प्रकाशन सुरु भएकोमा आफनो सपना पुरा भएको उनले बताए ।नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले मोफसलमा बिट पत्रकारिताको सुरुबात भएकोमा खुशि व्यक्त गरे ।

पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष तुलसी भण्डारी,बानका पुर्व मधेश संयोजक आर.सि.यादव,जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, कबिराज निरिक्षक धिरेन्द्र सिंह, प्रध्यापक डा अशोकराज ठाकुर, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीले शुभकामना व्यक्त गर्नु भयो ।कार्यक्रमको सहजीकरण पब्लिक हेल्थ स्टोरी पत्रिकाका कार्यकारी सम्पादक राजेन्द्र सिंह नेपालीले गरेका थिए ।

Related posts

वीरगन्जमा विद्यालय र अस्पताल आसपासमा पान,गुट्खा र सुर्तीजन्य पदार्थ बिक्रिमा कडाई गर्ने सहमति 

MadhesKhabar

पर्सामा गाँजा खेती प्रहरीले नस्ट गर्छ, तर गाँजा राेप्नेहरु पक्राउ पर्दैनन्

MadhesKhabar

वीरगन्जमा ‘अलौ पर्व संग्रहालय’ र ‘रेल्वे म्युजियम’ बनाउने मेयर सिंहको घोषणा

MadhesKhabar

Leave a Comment