Madhes Khabar
स्वास्थ्य

वीरगन्जमा रेडक्रसको स्वास्थ्य शिविरबाट ४१ जनाले लिए लाभ

वीरगन्ज,२९बैशाखःवीरगन्जमा शनिबार नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाको आयोजनामा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।बिश्व रेडक्रस दिवसको अवसरमा आयोजित शिविरबाट ४१ जनाले लाभ लिएका छन् ।

वीरगन्जको गीता मन्दिर परिसरमा शनिबार बिहान आयोजित स्वास्थ्य शिविरमा १२ महिलासहित ४१ जनाको स्वास्थ्य परिक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका राजन श्रीवास्तवले जानकारी दिए ।उनका अनुसार शिविरमा डा.प्रमोद सरार्फ,डा. राधा भट्टराई, डा.सुमन प्रसाद, डा.प्रियंका चौधरी, सुनिल ज्यासवाल, पवन पटेल, र सागर गुप्ताले स्वास्थ्य परिक्षण गरेका थिए । यस्तै शिविरमा सुजित गुप्ता, पल्लबी मिश्रा, शेखर गुप्ता, काजल गुप्ता र दिपक सिंहले प्राविधिक सहयोग गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाका सभापति मदन गुप्ताको अध्यक्षतामा भएको शिविरमा रेडक्रस सोसाइटी पर्सा शाखाका उपमन्त्री साबिर अहमद एराज, कोषाध्यक्ष महन्थ प्रसाद यादव, दिनानाथ रौनियार, काशी प्रसाद साह, गणेश प्रसाद साह, सरोजा राणा, वीरशम्शेर प्रसाद कुर्मी,मिना क्षेत्री, लक्ष्मीनारायण राउतकोपनि उपििस्थती रहेको थियो।

Related posts

सखुवाप्रसौनीमा खोप अभियान सफल पार्न गाँउपालिका अध्यक्ष यादवकाे आग्रह

MadhesKhabar

नारायणी अस्पतालको मेसुमा फेरि डा. चुमनलाल दास आउँदै

MadhesKhabar

डाक्टर कुट्ने र अस्पतालमा ताेडफाेड गर्नेविरुद्ध मुद्दा चलाउन गृह मन्त्रालयकाे निर्देशन

MadhesKhabar

Leave a Comment