Madhes Khabar
राजनीति हेडलाइन

एमाले पर्साकाे अधिवेशनमा कार्यकर्ताहरुबिच कुटाकुट,उपसचिवका उम्मेदवार पराग घाइते 

वीरगन्ज,२१बैशाख:नेकपा एमाले पर्साकाे उपाध्यक्षसहित पदाधिकारी चयनका लागि शुक्रबार हुने भनिएकाे निर्वाचनमा विवाद भई कार्यकर्ताहरूबिच कुटाकुट भएको छ ।
वीरगन्जस्थित अनमाेल पार्टी प्यालेसमा एमाले कार्यकर्ताहरुबिच कुटाकुट हुदाँ जिल्ला उपसचिव पदका उम्मेदवार रामकिशाेर सिंह पराग घाइते भएका छन् ।उनकाे नेशनल मेडिकल कलेजमा उपचार भइरहेकाे छ।
एमाले पर्साको शुक्रबार हुने भनिएकाे निर्वाचनमा धाँधली गरिएको भन्दै उपाध्यक्ष पदका उम्मेदवार लालबाबु शेख पक्षधरले दिउँसै निर्वाचन समितिकाे काेठामा तालाबन्दी गरेका थिए ।त्यसका बाबजुद निर्वाचन समितिले  जबरजस्ती मतदान गराउन खोजेपछि त्यसकाे प्रतिवादमा उत्रिदा अर्काे पक्षले जबरजस्ति गर्न खाेजेपछि कार्यकर्ताहरूबिच कुटाकुट भएको सचिव पदका उम्मेदवार नवराज शर्माले बताए ।
अध्यक्षमा निर्विराेध निर्वाचित भइसकेका विश्वम्भर शर्मा पक्षकाले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको शर्माले बताए ।इतर पक्षका अन्य नेताहरुमाथिपनि हातपात भएकाे उनले बताए ।
यता अध्यक्ष शर्मा पक्षकाले भने निर्वाचन समितिले नियमसंगत प्रकृया पुरा गरेर निर्वाचन गराउन खाेज्दा इतर पक्षका केहि कार्यकर्ताले निर्वाचन समितिकाे काेठामा पसेर जबरजस्ति ताेडफाेड गर्न थालेपछि त्यसकाे प्रतवादमा उत्रिदा कार्यकर्ताहरुबिच हानाहान भएकाे बताए ।एमालेका वीरगन्ज महानगर सचिव सुन्दर कुर्मीले भने,`निर्वाचन समिति नियम र विधि पुरा गरि मतदान प्रकृयाका लागि तयारी गर्दै थियाे ।त्यहि बेला सचिवका उम्मेदवार परागहितका समुह भित्र पसेर जाेरजबरजस्तिमा उत्रिएपछि आक्राेशित कार्यकर्ताहरुले प्रतिवाद गरे।अनि दुवै पक्षबिच धकेलाधकेल र हात हालाहाल भयाे।´
कार्यकर्ताहरुबिच कुटाकुटभएपछि निर्वाचन शनिबारसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
यसअघि शुक्रबार दिउँसाे उपाध्यक्ष पदमा उम्मेदवारी दिएका लालबाबु शेख पक्षधरले निर्वाचन प्रकृयामा धाँधली गरिएको भन्दै निर्वाचन समितिको कोठमा तालाबन्दी गरिदिएपछि मतदान सुरु नहुदैं स्थगित भएकाे थियाे ।
केहि पालिकामा नियम मिचेर प्रतिनिधी छनौट गरिएको , जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भइसकेका व्याक्तिले फेरि पदाधिकारीमा उम्मेदवारी दिएको , एक पक्षलाई जिताउने गरि निर्वाचन समिति नै लागेको भन्दै शेख पक्षधरले नारबाजी गर्दै मतपत्र लगायतका काजातहरु राखिएको निर्वाचन समितिको कोठामा ताल्चा लगाएको थियाे ।जसका कारण बिहान ११ बजेदेखि नै सुरु हुने भनिएको मतदान सुरु नहुदैं स्थगित गरिएको थियाे ।
बैशाख १७ देखि सुरु एमालेको नवौं जिल्ला अधिवेशनले बिहीबार जिल्ला अध्यक्षमा डाक्टर विश्वम्भर शर्मालाई निर्विरोध चयन गरिसकेको छ ।
अध्यक्षमा शर्मा सर्वसम्मत चयनभएपनि उपाध्यक्षसहित चार पदाधिकारीको पदमा भने एक भन्दा बढीको उम्मेदवारी परेपछि शुक्रबार निर्वाचन गर्ने भनिएको थियाे । एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि शुक्रबार बिहान ११ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको थियो ।
उपाध्यक्ष पदमा मनोज गुप्ता र लालबाबु शेख ,सचिव पदमा महेस दास र नवराज शर्मा ,उपसचिव(खुल्ला)मा रामिकिशोर सिंह पराग ,नविजान मियाँ अन्सारी र इमरान हुसेन तथा उपसचिव(महिला) मा सीतादेवी लामा र गीता देवी भण्डारीको उम्मेदवारी परेको छ ।

Related posts

पर्सामा तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत

MadhesKhabar

महानगरमा छड्के अनुगमन गर्दै मेयर सिंहले लापरवाही गर्ने कर्मचारीलाई दिए चेतावनी

MadhesKhabar

वीरगन्जकाे श्रीपुरमा ६० जनाद्वारा रगत दान

MadhesKhabar

Leave a Comment