Madhes Khabar
स्थानिय हेडलाइन

महानगरमा छड्के अनुगमन गर्दै मेयर सिंहले लापरवाही गर्ने कर्मचारीलाई दिए चेतावनी

मधेसखबर
वीरगन्ज, २९ कार्तिक : वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महानगरको कार्यालयबाट प्रदान गरिने सेवाको प्रभावकारीता बारे छड्के अनुगमन गर्न थालेका छन् ।महानगरवासीलाई परिवर्तनको अनुभुती गराउन विगतमा सुस्त गति, सेवाग्राहीको काममा आनाकानी र हैरान गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न मेयर सिंह छड्के अनुगमनमा आफै निस्किन थालेका छन् ।

 

सोमबार महानगरको स्वास्थ्य शाखाले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी हुन पुगेका मेयर सिंहले अचानक हरेक फाटमा पुगेर कायार्मलय समयमा नआउने , आएर पनि मोबाइलमा व्यस्त देखिएका र विभिन्न बहाना बनाइ सेवाग्राहीलाई अल्झाएका कर्मचारीसंग तत्काल जवाफ लिइ आइन्दा यस्तो नगर्न नगराउन निर्देशन पनि दिए ।

जनताले काम गर्न नेतृत्वमा आफुलाइ चुनेको भन्दै मेयर सिंहले भने ,‘ “मेरो कामले वीरगन्जवासीले महानगरमा परिवर्तनको अभाष नगरे सम्म कुनै कर्मचारीलाई आनाकानी गर्न छुट दिइने छैन” ।

काम गराउन आएका सेवाग्राहीहरुसंग पनि कुरा गर्दै मेयर सिंहले उनिहरुका समस्या र कर्मचारीहरुले दिएको सेवा बारे जानकारी लिए । कुनै समस्या भए आफुसंग सिधा सम्पर्क गर्न मेयर सिंहले अनुरोध गरेको स्वकीय सचिव सत्यराज धिमिरेले जानकारी दिए।

मेयर सिंहको छड्के अनुगमनले लापरबाही, सेवाग्राहीलाई घुमाउने कर्मचारीको बानीमा सुधार आउने र विगतका दिनहरूमा आफैं खुसी गरेको मनोमानी अब नचल्ने भन्दै त्यहाँ रहेका सेवाग्राहीले मेयर सिंहको प्रशंसा पनि गरेका थिए ।

 

Related posts

वीरगन्ज महानगरपालिकाद्वारा आठ महिनामा साढे ३३ कराेड राजश्व संकलन

MadhesKhabar

वीरगन्जको पानीटङ्कीस्थित एक घरबाट लाखाैंकाे मालसामान चाेरी

MadhesKhabar

वीरगन्जमा पत्रकारहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न स्थानीय प्रशासनसंग पत्रकार महासंघको माग

MadhesKhabar

Leave a Comment