Madhes Khabar
काेशी प्रदेश

१२ कक्षाको परीक्षा दिएर फर्कदै गरेकी किशोरीमाथि गोली प्रहार, अवस्था गम्भीर

तस्बिर : नेपालप्रेसबाट

झापा,२१बैशाख : झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ। उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी १८ बर्षिया एनिका अधिकारी (निशा) माथि शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर गोली प्रहार भएको हो।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर डेरातर्फ गइरहेकी निशामाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गोली उनको पेटमा लागेको प्रहरीले जनाएको छ । घाइते निशाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

गोली प्रहार गर्ने साह फरार रहेको र उनको खोजी भइरहेको प्रहरी नायब उपरक्षिक कृष्ण चन्दले बताए । निशामाथि गोली के कारणले चलाइएको हो भन्ने बारेमा अहिलेसम्म केहि खुल्न नसकेको उनले बताए ।

 

Related posts

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

MadhesKhabar

सुनसरीमा गोली हानी एक युवकको हत्या

MadhesKhabar

तस्करी गरि ल्याइएका ९ लाख मुल्यको पटाका नष्ट

MadhesKhabar

Leave a Comment