
तेह्रथुम,९बैशाख:तेह्रथुममा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
लालीगुराँस नगरपालिका-५ दागपा बस्ने कालु बहादुर लिम्बुका छोरा ८ वर्षीय सुदिप लिम्बुको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो ।
आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा मल्टीप्लग सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।