
सुनसरी,२४चैतःसुनसरीको हरिनगर गााएपालिकाको भुटाहामा शुक्रबारदेखि दुई समुदायबिचको झडपका कारण उत्पन्न तानव समाधानका लागि पाँचबुँदे सहमति भएको छ । तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा शनिबार बसेको बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए ।
उनकाअनुसार सर्वपक्षीय बैठकमा घटनाको छानबिन गर्ने, दोषीमाथि कारबाही गर्ने, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव ¥याली आयोजना गर्ने निर्णय भएको छ । यस्तै जिल्ला प्रशासनले लगाएको कर्फ्यू क्रमशः खुकुलो पार्दै लैजाने सहमति पनि भएको छ ।
शुक्रबार बिहानै हरिनगर गाउँपालिकाको केन्द्र भुटाहा बजारमा भएको दुई फरक धर्म समुदाय बीचको झडपले उग्र रुप लिँदा हरिनगरसहित सुनसरीका पाँचवटा पालिकामा त्यसको असर देखिएपछि अवस्थालाई बिग्रन नदिन जिल्ला प्रशासन कार्यालयले पाँचवटा पालिकामा कर्फ्यू आदेश जारी गरेको थियो ।
झडपका क्रममा १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो ।