Madhes Khabar
काेशी प्रदेश

नेपाल-भारत सीमा सुरक्षा बैठक चलिरहँदा ढलेका सशस्त्र प्रहरीका एसपीको निधन

काठमाडौं,२३माघ:सशस्त्र प्रहरी बलका एसपी(प्रहरी उपरीक्षक) राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ।

शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठक चलिरहँदा हृदयघात भएर ढलेका एसपी घिमिरेको उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बाहिनी सुनसरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए।

‘हृदयघात भएको हो। उहाँलाई दिउँसो पनि एक पटक अट्याक भयो। पछि ठिक भयो भनेर फर्किनुभएको थियो। साँझ फेरि अट्याक भएपछि अस्पताल लगिएको थियो,’ उनले भने।

शुक्रबार बेलुकी विराट मेडिकल अस्पतालमा सिपिआर दिइएको र थप उपचारका क्रममा उनको निधन भएको न्यौपानेले बताए।

एसपी घिमिरे चितवनस्थित ३ नम्बर गण गढीमाईको प्रतिनिधिको रूपमा कार्यक्रममा उपस्थित हुन विराटनगर पुगेका थिए।

Related posts

भाेजपुरमा भएको आगलागीमा तीन जना बालबालिकाकाे मृत्युु

MadhesKhabar

पाँचथर विस्फोट :एकैघरका २ बालबालिकाकाे मृत्युु (अपडेट)

MadhesKhabar

बालिकालाइ बलात्कार गरेको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

MadhesKhabar

Leave a Comment