Madhes Khabar
काेशी प्रदेश

देउवाको बलजफती : मिनेन्द्रलाइ पाखा लगाएर सुजातालाइ टिकट

मधेसखबर
वीरगन्ज,२३ असोज : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको बलजफतिका कारण नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वन्चित भएका छन् । यसअघि २०७४ को निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट जितेका नेता रिजाललाई यसपल्ट भने देउवाको निर्देशनमा पार्टीले टिकट नदिएको हो ।

त्यहा कांग्रेसले स्वर्गीय गिरिजा प्रसाद कोइरालाकी छोरी सुजाता कोइरालालाई टिकट दिएको छ ।

कांग्रेसको चौधौं महाधिवेशनमा नेता रिजाल , संस्थापन इतर पक्ष शेखर कोइराला समूहबाट महामन्त्रीको प्रत्याशी थिए । नेतृ कोइरालाले भने देउवालाइ सघाएका कारण देउवाले मोरङ २ मा रिजाललाइ पाखा लगाउदै कोइरालालाई टिकट दिएका हुन् ।

Related posts

हाेली खेलेर नुहाउन गएका तीन जना बालबालिका सुनकाेशीमा डुबेर बेपत्ता

MadhesKhabar

१२ कक्षाको परीक्षा दिएर फर्कदै गरेकी किशोरीमाथि गोली प्रहार, अवस्था गम्भीर

MadhesKhabar

नाकामा कडाइ, परिचयपत्र अनिवार्य

MadhesKhabar

Leave a Comment