Madhes Khabar
काेशी प्रदेश

हाेली खेलेर नुहाउन गएका तीन जना बालबालिका सुनकाेशीमा डुबेर बेपत्ता

सांकेतिक तस्बिर ।

विराटनगर,१२चैत:होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशी नदिमा डुबेर बेपत्ता भएका छन् । उनीहरू रङ खेलेर नुहाउन सुनकोसी नदिमा गएका थिए ।

बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नंबर १४ साउनेका मोहनबहादुर मगरका ८ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका ७ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका ११ वर्षीया छोरी रेखा मगर रहेका छन् ।

उनीहरूसँगै सुनकोशीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन् । स्थानीय प्रहरी टोलीले सुनकोसीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी हरिनन्दन चाैधरीले जानकारी दिए।

Related posts

नेपाल-भारत सीमा सुरक्षा बैठक चलिरहँदा ढलेका सशस्त्र प्रहरीका एसपीको निधन

MadhesKhabar

सिन्धुलीमा कार दुर्घटना हुदाँ चार भारतीयकाे मृत्यु

MadhesKhabar

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

MadhesKhabar

Leave a Comment