Madhes Khabar
काेशी प्रदेश

स्कुल बस दुर्घटना हुदाँ तीन जनाकाे मृत्यु ,३९ जना घाइते

उदयपुर,९मंसिर:उदयपुरकाे त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ । बसमा सवार ३९ जना घाइतेपनि भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ । साथै, ७ वर्षे सन्ध्या चौधरी र ६ वर्षे विकास चौधरीकोपनि मृत्यु भएको छ ।

घाइते विद्यार्थीहरुको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याइ उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए। गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

Related posts

पाँचथर विस्फोट :एकैघरका २ बालबालिकाकाे मृत्युु (अपडेट)

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

सिन्धुलीमा कार दुर्घटना हुदाँ चार भारतीयकाे मृत्यु

MadhesKhabar

Leave a Comment