Madhes Khabar
शिक्षा

पर्साको एक सरकारी विद्यालयलाई अहमदिया संघ नेपालले दियो १० थान पंखा र शैक्षिक सामग्री

वीरगन्ज,१९बैशाख : पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ इटियाहीमा रहेको नेपाल स्काउट आधारभूत विद्यालयलाई अहमदिया संघ नेपालले १० थान विद्युतीय पंखा र शैक्षिक सामग्री सहयोग गरेको छ ।

बुधबार अहमदीया संघ नेपालका पर्सा ईन्चार्ज हासिम अहमदले पंखा र शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियालाई हस्तान्तरण गरेका हुन् । त्यसपछि ती शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरणपनि गरिएको विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसियाले जानकारी दिए।

गर्मीमा विद्यार्थीहरुलाई कक्षाकोठामा बसेर पठनपाठन गर्न समस्या भएपछि त्यसैलाई मध्यनजर गर्दै अहमदीया संघ नेपालले विद्यालयलाई १० थान पंखा र शैक्षिक सामग्री प्रदान गरिएको अहमदिया संघ नेपालका पर्सा इन्चार्ज हासिम अहमदले बताए।कार्यक्रमका प्रमुख अतिथी अहमदिया संघ नेपालका कोषाध्यक्ष इसरायल अहमदले अहमदिया संघ नेपालले आगामी दिनमापनि उक्त विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा अहमदिया संघ नेपाल प्रसौनीभाठ्ठाका ईन्चार्ज शैयुदुर रहमान, विद्यालय व्यस्थापन समितिका पूर्वअध्यक्ष महेन्द्र साह कानु,नईम अहमद ,पारस बैठा,संचारकर्मी रामेश्वर चौरसियाका साथै विद्यालयका शिक्षक,शिक्षिका लगायतकोपनि सहभागीता रहेको थियो ।

Related posts

गर्मीका कारण पाेखरिया नगरपालिकाका विद्यालयहरु पनि ३ दिनका लागि बन्द

MadhesKhabar

ठाकुरराम क्याम्पसका कर्मचारीहरु आन्दोलनमा

MadhesKhabar

बाराका दुई सरकारी विद्यालयमा १६० जना विद्यार्थीहरुलाई साईकल वितरण

MadhesKhabar

Leave a Comment