Madhes Khabar
अर्थतन्‍त्र

घट्याे डिजेलकाे मूल्य, पेट्रोल र ग्याँसकाे भाउ भने यथावत

फाइल फोटो

काठमाडौं,१८बैशाख:नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोल र एलपी ग्याँसकाे मूल्य यथावत राखेको छ ।

मंगलबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेकाे हाे।यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले मूल्य वृद्धि गरिएकाे निगमले जनाएको छ ।

नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।निगमका अनुसार पेट्रोल र एलपी ग्याँसको बिक्री मूल्य यथावत रहेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएको थियो ।

Related posts

ताेलामा १ हजार रुपैयाले घट्याे सुनकाे मुल्याे

MadhesKhabar

स्वदेशी उत्पादनको प्रबर्द्धनका लागि नयाँ बजेटमा व्यवस्था गर्छौ : उद्योगमन्त्री रिजाल

MadhesKhabar

पर्सा र बाराका २१२ उद्योगमा निः शुल्क ’स्मार्ट इनर्जी मिटर’ जडान

MadhesKhabar

Leave a Comment