Madhes Khabar
अर्थतन्‍त्र

घट्याे डिजेलकाे मूल्य, पेट्रोल र ग्याँसकाे भाउ भने यथावत

फाइल फोटो

काठमाडौं,१८बैशाख:नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोल र एलपी ग्याँसकाे मूल्य यथावत राखेको छ ।

मंगलबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेकाे हाे।यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले मूल्य वृद्धि गरिएकाे निगमले जनाएको छ ।

नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।निगमका अनुसार पेट्रोल र एलपी ग्याँसको बिक्री मूल्य यथावत रहेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएको थियो ।

Related posts

वीरगन्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

MadhesKhabar

वीरगन्जको आन्तरिक राजस्व कार्यालयबाट छिटोछरितो सेवा प्रवाह गर्ने प्रमुख चौलागाईको प्रतिबद्धता

MadhesKhabar

घट्याे पेट्रोल र डिजेलकाे मूल्य

MadhesKhabar

Leave a Comment