Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जको आन्तरिक राजस्व कार्यालयबाट छिटोछरितो सेवा प्रवाह गर्ने प्रमुख चौलागाईको प्रतिबद्धता

वीरगन्ज,१०असोजःवीरगन्जस्थित आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कर अधिकृत टीकाराम चौलागाईले कार्यालयमा कर्मचारीको संख्या कम भएपनि सेवाग्राहीलाई छिटो, छरितो एंव गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत चौलागाईले विद्यमान कर सम्बन्धी ऐन कानूनमा प्रमुख कर अधिकृतलाई आफ्नो विवेक लगाउने तजबिज नरहेको बताए।कर सम्बन्धी शिक्षाको अभावमा करदाताहरुले जरिबाना तिर्नुपर्ने बाध्यता रहेकोले कर सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने उनले बताए ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले संघको पर्सा र बाराका उद्योगी ब्यपारीका सामु रहेका चुनौती तथा समस्याबारे जानकारी गराउँदै निजी क्षेत्रमैत्री कर प्रशासन ल्याउनुपर्ने, करको दर नबढाई करको दायरा बढाउनुपर्ने लगायतको सुझाव दिए।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोज दास, महासचिव आशीष लाठ, कोषाध्यक्ष शिवजी प्रसाद कलवार, सहकोषाध्यक्ष अनोज रुँगटा लगायतको सहभागीता थियो ।

Related posts

वीरगन्ज नाकाबाट ४३ देशसंग व्यपार, ३९ संग घाटा

MadhesKhabar

कलैया उपमहानगरपालिकाकाे बजेट १ अर्ब ५४ कराेड

MadhesKhabar

नेपालका लागि कोटा तोकेर भारतले गर्यो चामालको निर्यात खुला

MadhesKhabar

Leave a Comment