Madhes Khabar
राजनीति

वीरगन्जमा वरिष्ठ उपाध्यक्ष पोखरेल भने : कांग्रेससंग मिलेर अहिलेको सरकार फेर्ने पक्षमा एमाले छैन

वीरगन्ज,१८बैशाखः नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले अहिले कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको बताएका छन् ।वीरगन्जमा मंगलबार बिहान प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘अहिले नै एमाले कांग्रेससंग मिलेर यो सरकार परिवर्तन गर्ने पक्षमा छैन ।’

तर यसअघिको कांग्रेस र माओवादीबिचको अपवित्र गठबन्धन भने एमाले नै भत्काएको बताउँदै उनले भने,‘ कांग्रेस र माओवादीको गठबन्धन अपवित्र नै थियो । त्यसलाई भत्काउन एमाले पहिलेदेखि नै लागेकै थियो । अन्तत सफलपनि भयो ।’

देश र जनताको पक्षमा एमाले सदैव अभिदैं आएको एमालेप्रति जनताको विश्वास र आस्था अझ मजबुत रहेको तथ्य भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले पुष्टी गरेको उनले बताए । नेपालीको स्वभिमान जोगाउने र मुलुकको समृद्धि एमालेले मात्र गर्न सक्ने दाबी गर्दै उनले भने,‘राष्ट्रिय अखण्डताको रक्षा र मुलुकको समृद्धि एमाले बाहेक अन्य राजनीतिक दलबाट हुनै सक्दैन ।’

उनले मुलुकको राष्ट्रिय स्वभिमान र स्वतन्त्रताको रक्षाका लागि छिमेकी देशलाई गाली गरेर समस्या समाधान नहुनेपनि बताए । उनले भने,‘ छिमेकीलाई गाली गर्नुको साटो उनिरुसंग आँखामा आँखा जुधाएर कुरा गर्दै समस्याको समाधान गर्नुपर्छ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिट ब्यूरो सदस्य अच्युत मैनाली, केन्द्रिय सदस्यहरु प्रभु हजारा, राजकुमार गुप्ता लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

वीरगन्जमा जनमत पार्टीको चुनावी गतिविधि तिब्र, तत्वा टोलका ३० जनाले गरे पार्टी प्रवेश

MadhesKhabar

प्रचण्ड विरूद्ध सर्वोच्च अदालतमा रिट दायर

MadhesKhabar

लाेसपाकाे महाधिवेशन निर्वाचन निर्देशिका तयार पार्न साेनलकाे संयाेजकत्वमा समिति गठन

MadhesKhabar

Leave a Comment