Madhes Khabar
राजनीति

लाेसपाकाे महाधिवेशन निर्वाचन निर्देशिका तयार पार्न साेनलकाे संयाेजकत्वमा समिति गठन

वीरगन्ज,१३मंसिर:लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) आगामी महाधिवेशनका लागि महाधिवेशन निर्वाचन निर्देशिका तयार पार्न वरिष्ठ उपाध्यक्ष जितेन्द्र साेनलकाे संयाेजकत्वमा ५ सदस्यीय समिति गठन गरेकाे छ।

लाेसपाकाे केन्द्रीय महाधिवेशन आगामी बैशाख २६ गते हुने भएको छ।भदाै १९ र २० गते बसेकाे लाेसपाकाे केन्द्रीय कार्यसमिति बैठकले आगामी बैशाख २६ गते महाधिवेशन गर्ने निर्णय गरेकाे थियाे।

महाधिवेशन निर्वाचन निर्देशीका तयार पार्न लाेसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार लाेसपाका मधेस प्रदेश अध्यक्ष साेनलकाे संयाेजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका हुन्।

उक्त समितिकाे सदस्यमा परमेश्वर साह,सुरेन्द्र कुमार झा,मनिष कुमार मिश्र र मिना चाैधरी रहेका छन् ।

Related posts

लोसपाको चुनावी घोषणापत्र : संविधान संशोधन प्रमुख मुद्दा

MadhesKhabar

कांग्रेस र एमालेसंगकाे टसलले संकटमा मधेस प्रदेश सरकार

MadhesKhabar

लोसपाका दुइ केन्द्रिय सदस्य सहित बाराका १० नेता एमाले प्रवेश

MadhesKhabar

Leave a Comment