Madhes Khabar
शिक्षा

कक्षा १२ को परीक्षा आजदेखि :देशभरबाट ४ लाख ९१ हजार परीक्षार्थी सहभागी हुदैं

काठमाडौं,१४बैशाख:कक्षा १२ परीक्षा आज शुक्रबारदेखि सुरु हुदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ तथा ग्रेड वृद्धितर्फ एक लाख ६ सय ५० गरी कूल ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुदैंछन् ।

देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुन लागेका हुन् ।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको शर्माले जानकारी दिए ।सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ र मुस्ताङमा एक एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

Related posts

नेपाल युथ फाउन्डेसनद्वारा श्री शारदा मा.वि. लाई लाउडस्पिकर हस्तान्तरण

MadhesKhabar

समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग

MadhesKhabar

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

MadhesKhabar

Leave a Comment