
काठमाडौं,१३बैशाख : जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ। बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदकाे सजाय सुनाएको हो।
पहिलाे संविधानसभाकाे निर्वाचनको बेला २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएकाे बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले जन्मकैदकाे सजाय सुनाएको हो ।
अदालतले मोहम्मद अफताब आलमका भाइ ममताब आलम,शेख सेराज र बद्री सहनीलाईपनि जन्मकैदको सजाय सुनाएको छ ।
पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो ।त्यहि मुद्दामा कांग्रेस नेता आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए ।
थुनछेक बहसपछि २०७६ कात्तिक २९ मा राैतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसयता उनी नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

