Madhes Khabar
मधेस प्रदेश

महोत्तरीको मटिहानीमा भीषण आगलागी, सय भन्दा बढी घर जले

काठमाडौं,१२बैशाख:महोत्तरीको मटिहानीमा बुधबार भीषण आगलागी भएको छ। मटिहानी नगरपालिका -६ जर्लाहावागाछी गाउँमा भएकाे भीषण आगलागीमा सय भन्दा बढी फुसका घर जलेका छन्।

आगलागीबाट करिब सय भन्दा बढी घर जलेकाे र आगाे निभाउने प्रयास भइरहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले बताए ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानलेपनि त्यहाँ सय भन्दा बढी घरमा आगलागी भएको पुष्टि गरे।उनका अनुसार, ९ वटा दमकलकाे सहयाेगमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन्।

 

‘चौतर्फ हावा चलेका कारण आगलागी नियन्त्रमा आउन सकेको छैन। आगो निभाउने प्रयास जारी छ,’ उनले भने।आगलागीकाे कारण भने खुल्न सकेको छैन।

Related posts

मधेस प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा

MadhesKhabar

कृष्ण जन्माष्टमीकाे मूर्ति बिसर्जनका क्रममा दुई समुदायबिच भएकाे झडपले मलंगवा तनावग्रस्त

MadhesKhabar

पानीको समस्या समाधानका लागि पर्साका दलहरुले गुहारे मुख्यमन्त्री यादवलाई

MadhesKhabar

Leave a Comment