Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं,७ साउन : संघ सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

मधेस प्रदेशका ८ जिल्लाहरूमा खडेरीका कारण खानेपानीको हाहाकार हुनुका साथै सिचाईं हुन नसकेर धान रोपाईमै प्रभाव परेपछि सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको मन्त्रिपरिषद बैठकमा सहभागी खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाको अवधिका लागि मधेस प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ,’ उउनले भने ।

यसैगरी ‘उपदफा १ बमोजिमको अवधिभित्र विपदबाट उत्पन्न स्थिति नियन्त्रण हुन नसकेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो घोषणाको अवधि बढाउन सक्ने,’ पनि उल्लेख छ ।

यसअघि गत असार २६ गते मधेस प्रदेश सरकारले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

पर्सा, बारा सहित मधेसका जिल्लाहरुमा लामो समय देखिको खडेरी पर्नुका साथै चापाकलहरु सुकेर खानेपानीको हाहाकार भएको छ ।प्रयाप्त वर्षा नहुदाँ मधेस प्रदेशमा आधामात्रै धान रोपाइ भएको छ । रोपाई गरिएका धानका बेर्नापनि वर्षा नुहदाँ डढ्न थालेका छन् ।

Related posts

मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

MadhesKhabar

पाकेटमारबाट पिडित मधेसका मुख्यमन्त्री यादव भन्छन् : मेरै पाकेट दुई दुई पटक मारियाे

MadhesKhabar

पर्सा ४ (ख ) को प्रदेशसभा सदस्यमा दोहोरिए कलवार

MadhesKhabar

Leave a Comment