Madhes Khabar
खेलकुद

लखनउसंग चेन्नईकाे लज्जास्पद हार

वीरगन्ज,१२बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा मंगलबार राति भएकाे खेलमा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्ससंग लज्जास्पद हार व्यहाेरेकाे छ ।

चेन्नईको घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा भएकाे खेलमा चेन्नई लखनसंग ६ विकेटको फराकिलो अन्तरले हारेको हो ।

चेन्नईले दिएको २ सय ११ रनको लक्ष्य लखनउले १९.३ ओभरमा ४ विकेट मात्र गुमाएर पुरा गर्यो ।उसका लागि मार्कस स्टोईनेसले ६३ बलमा १३ चौका र ६ छक्काको सहयोगमा १ सय २४ रनको शतकीय ईनिङ खेले ।निकोलस पुरनले १५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए । कप्तान केएल राहुलले १४ बलमा १६ तथा देवदत्त पडिकलले १९ बलमा १३ रन बनाए ।

चेन्नईका लागि मथिशा पथिरानाले दुई तथा मुस्ताफिजुर रहमान र दीपक चहरले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

चेन्नईका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय ८ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको देस्रो शतक गायकवाडले ५६ बलमा पुरा गरेका थिए ।

शिभम दुवेले २८ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । रविन्द्र जडेजाले १९ बलमा १७ तथा ड्यारियल मिचेलले १० बलमा ११ रन बनाए ।

लखनउका लागि मोहसिन खान, यश ठाकुर तथा म्याट हेनरीले समान एक एक विकेट लिए ।

आठ खेलमा पाँचौ जित निकालेको लखनउ चौथो स्थानमा उक्लिएको छ । आठौं खेलमा चौथो हारका साथ चेन्नई पाँचौ स्थानमा झरेको छ ।

यस संस्करणमा दुई टोलीबीचको यो दोस्रो खेल हो । पहिलो खेलमा पनि लखनउले चेन्नईलाई पराजित गरेको थियो ।

Related posts

भारतलाई हराउँदै बंगलादेश फाइनलमा

MadhesKhabar

भारतले पाकिस्तानलाई हरायाे

MadhesKhabar

बीसीसीआईको अध्यक्षबाट सौरभ गांगुलीको राजीनमा

MadhesKhabar

Leave a Comment