Madhes Khabar
खेलकुद

एसिया कप खेल्ने नेपालको सपना चकनाचुर

काठमाडौं,७बैशाखःनेपालको एसिया कप क्रिकेट खेल्ने सपना चकनाचूर भएको छ । ओमानमा शुक्रबार भएको एसीसी प्रिमियर कप फाइनल प्रवेशका लागि युएईविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएसँगै अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपाल एसिया कप खेल्नबाट बञ्चित भएको हो।

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १२० रनको लक्ष्य युएईले १७ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो।युएईको जितका लागि विष्णु सुकुमारानले २८ रन,एलिशान शराफुले ३३ रन, महम्मद वासिमले ११ रन,साहेद हैदरले १४ रन र असिफ खानले १० रनको योगदान गरे।

बलिङतर्फ नेपालका लागि गुल्शन झाले दुई विकेट, सोम्पाल कामी र ललित राजवंशीले एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो ।नेपालका लागि सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले पनि माथिल्लो क्रमका ब्याटरहरु नचल्दा हार टार्न सकेनन् । गुलसन झाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए ।ओपनर आसिफ शेख पनि व्यक्तिगत ८ रन बनाउँदै ओमिद रहमानको बलमा एलबीडब्लु आउट भए । कप्तान रोहितकुमार पौडेलले पनि १८ बलमा ५ रन मात्र बनाउन सके ।कुशल मल्ल ३, दिपेन्द्रसिंह ऐरी ५ तथा सोमपाल कामी २ रनमा आउट भए ।

बलिङतर्फ युएईका लागि बसिल हमिद र जुनैद सिद्धिकीले समान दुई दुई तथा आयान खान, ओमिद रहमान, अलि नासिर, मुहम्मद फरिकले समान एक एक विकेट लिए ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल शनिबार तेस्रो स्थानका लागि अर्को सेमिफाइनलको पराजित टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आजै हङकङ र ओमानबीच खेल हुदैछ ।

Related posts

भियतनाममा बाराका दुई खेलाडीले जिते रजत पदक

MadhesKhabar

वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

MadhesKhabar

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

Leave a Comment