Madhes Khabar
मधेस प्रदेश

मधेसका मुख्यमन्त्रीले ११ औं पटक गरे मन्त्रीपरिषद विस्तार, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

जनकपुर,६बैशाखः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।बिहीबार मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्रका दुई र नेकपा एकिकृत समाजवादीका १ तथा नेकपा एमालेका एक राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

बिहीबार नियुक्त हुने मन्त्रीहरुमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादी केन्द्रकै युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली तथा राज्यमन्त्रीमा एमालेकी शारदा थापारहेका छन् । उनिहरु चारै जनाले बिहीबार नै शपथपनि लिएका छन् ।

भट्टराईले उद्योग तथ पर्यटज मन्त्रालय र थापाले गृह सञ्चार तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । साह र लुंगेलीको भने मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । उनिहरुले विना विभागीय मन्त्रीका रुपमा शथप लिएका हुन् ।

माओवादी केन्द्रले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो ।१५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

 

 

Related posts

मधेस सरकारको नयाँ अभ्यास : मुख्यमन्त्री सिंहले मन्त्रीहरुसंग गरे कार्यसम्पादन सम्झौता

MadhesKhabar

राैतहटमा सार्वजनिक जग्गाकाे विषयलाई लिएर दुई पक्षबीच झडप हुदाँ १ जनाकाे मृत्युु

MadhesKhabar

सबैभन्दा बढी भ्रष्टाचार मधेसमा छ : एमाले सचिव भट्टराई

MadhesKhabar

Leave a Comment