Madhes Khabar
मधेस प्रदेश

राैतहटमा सार्वजनिक जग्गाकाे विषयलाई लिएर दुई पक्षबीच झडप हुदाँ १ जनाकाे मृत्युु

सांकेतिक फोटो ।

राैतहट,२६असाेज:रौतहटको फतुवा विजयपुर नगरपालिका-२ मा सार्वजनिक जग्गाको विषयमा दुईपक्ष बिच बिवाद हुदाँ भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो वडा नम्बर २ शीतलपुरमा रहेको सार्वजनिक जग्गाको विषयलाई दुई पक्षबीच भएको कुटपिटमा घाइते भएका स्थानीय ६० बर्षिय शंकर साह बानियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए।

कुटपिटबाट घाइते भएका बानियाको बाराकाे नाैतनस्थित एलएस न्युरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक गिरीले बताए ।

प्रहरीका अनुिार, सार्वजनिक जग्गाकाे विषयलाई लिएर स्थानीय ५० वर्षिय कपिलदेव यादव, ४० वर्षिय बिनोद यादव र ६० बर्षिय शंकर साह बानियाबीच कुटपिट भएको थियाे ।

 

उक्त घटनामा कपिलदेव यादवी पत्नी ४० बर्षिया मिनादेबी घाइते भएकी छन्। उनको वीरगन्जस्थित नेशनल मेडिकल कलेज मा उपचार भइरहेको छ।

कुटपिटमा संलग्न विनोद भन्ने हरदेव यादव,ब्रह्मदेव यादव र सुरेश यादव फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक गिरीले बताए ।

Related posts

मधेसमा ६४ वटा सडकको एकसाथ प्रधानमन्त्री ओलीले गरे शिलान्यास

MadhesKhabar

मधेसी शहिदकाे अपमान नगर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको चेतावनी

MadhesKhabar

मुम्बईबाट उद्दार गरिएका रौतहटका ८ जना बालबालिकलाई अभिभावकको जिम्मा लगाइयो

MadhesKhabar

Leave a Comment