Madhes Khabar
खेलकुद

गुजरातमाथि दिल्लीकाे सहज जित

वीरगन्ज,६बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)मा बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि सहज जित हात पारेको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा भएको खेलमा दिल्ली ६ विकेटले विजयी भएकाे हाे ।

गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ८ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीका लागि ज्याक फ्रायसरले १० बलमा २ चौका र २ छक्काको सहयोगमा २० रन बनाए । अभिषेक पोरेलले ७ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन बनाए । साइ होपले १० बलमा १ चौका र २ छक्काको सहयोगमा १९ रन बनाए ।

कप्तान रिषभ पन्तले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १६ रन बनाए ।

गुजरातका लागि सन्दीप वारियरले दुई तथा राशिद खान तथा स्पेन्सर जोनसनले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले १७ दशमलब ३ ओभरमा अल आउट हुदै ८९ रन मात्र बनाउँन सक्यो ।

गुजरातका लागि राशिद खानले २४ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । राहुल तिवातियाले १५ बलमा १ चौकाको सहयोगमा १० रन बनाए ।

साई सुदर्शनले १२ रन बनाए । गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । यस इनिङमा जम्मा एउटा छक्का प्रहार भएको थियो ।

दिल्लीका लागि मुकेश कुमारले तीन तथा ट्रिस्टन स्टब्स र इशान्त शर्माले समान दुई दुई विकेट लिए । खलिल अहमद र अक्षर पटेलले समान एक एक विकेट लिए ।

सात खेलमा तेस्रो जितका साथ दिल्ली अंक तालिकाको छैठाैं स्थानमा छ । सातौं खेलमा चौथो हारका साथ गुजरात सातौं स्थानमा छ ।

Related posts

वीरगन्जमा आयोजित दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधी मधेस प्रदेशलाई

MadhesKhabar

वीरगन्जले जित्यो पथलैया भेट्रान फूटबलको उपाधि

MadhesKhabar

यू–१९ टिमकी कप्तानसहित मधेसका खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने मन्त्री जयसवालको घोषणा

MadhesKhabar

Leave a Comment