Madhes Khabar
अन्तर्राष्ट्रिय

कश्मीरको झेलम नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु


फाइल तस्बिर ।

काठमाडौं,४बैशाखः भारतको जम्मू कश्मीरको झेलम नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु भएको छ । यो घटना मंगलबार बिहान श्रीनगरको नौगाम क्षेत्रमा भएको हो ।बीबीसी समाचारका अनुसार श्रीनगरका जिल्ला आयुक्तले घटनाको पुष्टि गरेका छन्।

श्रीनगरको एसएमएचएस अस्पतालका सुपरिटेन्डेन्टका अनुसार सात जनालाई अस्पतालमा ल्याइएको थियो, जसमध्ये चार जनाको मृत्यु भएको छ भने तीन जनाको उपचार भइरहेको छ।एसडीआरएफ टोली घटनास्थलमा छ र धेरैलाई उद्धार गरिएको छ र खोजी तथा उद्धार कार्य जारी रहेको छ ।उक्त डुङ्गामा केही बालबालिका समेत रहेका स्थानीयले बताएका छन् ।

बिहान यो घटनाको खबर बाहिरिएपछि जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री तथा नेशनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाले सामाजिक सञ्जालमा श्रीनगर नजिकै लसजानको झेलम नदीमा डुङ्गा पल्टिएको खबरले चिन्तित बनाएको लेखेका थिए। बीबीसी

Related posts

थाइल्याण्डको शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३१ को मृत्यु

MadhesKhabar

अन्डरवर्ल्ड डन छोटा राजनलाई धरौटीमा छाड्न मुम्बई उच्च अदालतको आदेश

MadhesKhabar

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहकाे निधन

MadhesKhabar

Leave a Comment