Madhes Khabar
अन्तर्राष्ट्रिय

थाइल्याण्डको शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३१ को मृत्यु

मधेसखबर
वीरगन्ज,२० असोज : थाइल्याण्डको उत्तर–पूर्वी सहर नोङ बुआ लम्फु स्थित एक प्री–स्कुल शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३१ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बन्दुक चलाउने व्यक्ति हाल फरार छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ ।आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको पनि बीबीसीले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणकारी सेतो रंगको टोयोटाको पिकअप गाडीमा भागेका छन् ।

बीबीसीले नै एएफपीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार मृतकमध्ये २३ जना बालबालिका रहेको त्यहाँका उच्च प्रहरी अधिकारीले दाबी गरेका छन् । साभार ः कान्तिपुर

 

Related posts

पछिल्लो एक महिनामा कोरनाका नयाँ संक्रमितको संख्या ५२ प्रतिशतले बढ्यो

MadhesKhabar

इजरायल-हमास युद्धमा २२ जना पत्रकारको मृत्यु ,कैंयन बेपत्ता

MadhesKhabar

भारतमा लोकसभाले गर्‍यो राहुल गान्धीलाई सांसद पदमा बहाल

MadhesKhabar

Leave a Comment