Madhes Khabar
अन्तर्राष्ट्रिय

थाइल्याण्डको शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३१ को मृत्यु

मधेसखबर
वीरगन्ज,२० असोज : थाइल्याण्डको उत्तर–पूर्वी सहर नोङ बुआ लम्फु स्थित एक प्री–स्कुल शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३१ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बन्दुक चलाउने व्यक्ति हाल फरार छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ ।आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको पनि बीबीसीले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणकारी सेतो रंगको टोयोटाको पिकअप गाडीमा भागेका छन् ।

बीबीसीले नै एएफपीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार मृतकमध्ये २३ जना बालबालिका रहेको त्यहाँका उच्च प्रहरी अधिकारीले दाबी गरेका छन् । साभार ः कान्तिपुर

 

Related posts

२४२ यात्रु सवार एयर इन्डियाको जहाज भारतको अहमदाबादमा दुर्घटनाग्रस्त,उद्धारकार्य जारी

MadhesKhabar

पाकिस्तानमा सेनाको कारबाहीमा एकैदिन ३० जना आतंककारी मारिए

MadhesKhabar

भारतमा आज अन्तिम चरणकाे मतदान,साँझ एक्जिटपाेल आउने

MadhesKhabar

Leave a Comment