Madhes Khabar
शिक्षा

वीरगन्ज महानगरले लिएको कक्षा ८ को परीक्षामा ७४ प्रतिशत विद्यार्थी सफल


फाइल तस्बिर ।

वीरगन्ज,१बैशाखःवीरगंज महानगरपालिकाले आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

गत चैत १५ देखि २२ गतेसम्म संचालन भएको कक्षा ८ को महानगरस्तरीय परिक्षाको शुक्रबार ग्रेडिङ पद्धतिमा नतिजा सार्वजनिक गरिएको हो ।परीक्षामा सामेल भएका सामुदायिक र संस्थागत विद्यालयका ५ हजार ५७१ विद्यार्थीमध्ये ४ हजार १४४ जना अर्थात ७४.३८ प्रतिशत विद्यार्थी सफल भएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

कक्षा ८ को महानगरस्तरीय परिक्षाका लागि विभिन्न ११ वटा परीक्षा केन्द्रबाट ५ हजार ५७१ जना विद्यार्थीले परीक्षा दिएका थिए ।आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले वीरगन्ज महानगरले पहिलो पटक एकिकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परिक्षा लिएको थियो ।

परीक्षाले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सिकाई उपलब्धी मापन गर्नसहज भएको महाशाखा प्रमुख कर्णले बताए ।प्रकाशित नतिजा महानगरको वेबसाइट र सामाजिक सञ्जाल फेसबुकमा महानगरको शिक्षा महाशाखाको आधिकारिक पेजबाट हेर्न सकिने पनि उनले बताए ।

 

Related posts

शिक्षालाई प्रथमिकतामा राखेका वडाध्यक्ष यादव: खातुनलाई ल पढ्न गरिदिए पूर्ण छात्रवृतिको व्यवस्था

MadhesKhabar

अत्याधिक गर्मीका कारण वीरगन्ज महानगरका विधालयहरु साउन २० गते सम्म बन्द

MadhesKhabar

मधेसका सरकारी विद्यालयहरुमा शिक्षाको अवस्था नाजुक छ : मुख्यमन्त्री सिंह

MadhesKhabar

Leave a Comment