Madhes Khabar
शिक्षा

अत्याधिक गर्मीका कारण वीरगन्ज महानगरका विधालयहरु साउन २० गते सम्म बन्द

मधेसखबर
वीरगन्ज,३१असार : अत्याधिक गर्मीका कारण वीरगन्ज महानगरपालिका विधालयहरु साउन २० गते सम्म बन्द गरिएका छन् ।

गर्मीकै कारण यसअघि असार २८ गते देखि असार ३१ गते शुक्रबार सम्म महानगरका विधालयहरु बन्द गरिएकोमा गर्मी झन बढ्दै गएकाले थप साउन २० गते सम्मका लागि बन्द गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गरेर अत्याधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गर्दै साउन २० गते सम्मका लागि विद्यालय बन्द गरिएको जनाएको छ ।

 

मौसम प्रतिकुलता झन् बढ्दै गएको अर्थात गर्मी घट्नुको सट्टा झन् बढ्दै गएकाले शैक्षिक क्यालेन्डरमा साउन ८ गते बाट वर्षे विदा उल्लेख भए तापनि त्यसलाई संशोधन गरी साउन १ देखि २० गतेसम्म वर्षे विदा दिने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

 

गर्मीकै कारण पर्साकै पोखरिया नागरपालिका, बिन्दवासिनी , धोबिनी र पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि १ महिनाका लागि विधालय बन्द गर्ने निर्णय गरिसकेका छन् ।

Related posts

सिरही सथवलमा प्लस टू सञ्चालन, अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

वीरगन्जको सरकारी विद्यालयमा जनमत पार्टीले दियाे डेस्क–बेन्च

MadhesKhabar

अभिभावक संघर्ष समितिको आपत्ति , तर मेयर सिंह भन्छन् : पहिले भन्दा शुल्क घटेको छ , आएर हेर्दा हुन्छ

MadhesKhabar

Leave a Comment