
वीरगन्ज,२९चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्समाथि गुजरात टाईटन्सले रोमाञ्चक जीत हात पारेको छ ।राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा राजस्थानलाई गुजरातले ३ विकेटले हराएको हाे ।
राजस्थानले दिएको १ सय ९६ रनको लक्ष्य टाईटन्सले निर्धारित २० ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७२ रनको याेगदान दिए।साई सुदर्शनले २९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।राशिद खानले ११ बलमा ४ चौकाको सहयोगमा अविजित २४ रन बनाए ।विजय शंकरले १० बलमा १६ तथा राहुल तिवातियाले ११ बलमा ३ चौकाको सहयोगमा २२ रन बनाए ।
बलिङतर्फ राजस्थानका लागि कुलदिप सेनले तीन तथा युजभेन्द्र चहलले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।
राजस्थानका लागि रियान परागले ४८ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । कप्तान सन्जु सामसनले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ६८ रन बनाए ।
बलिङतर्फ गुजरातका लागि उमेश यादव, मोहित शर्मा र राशिद खानले समान एक एक विकेट लिए ।
६ खेलमा ३ मा जीत र ३ मा हार सहित ६ अंककासाथ गुजरात छैटौं स्थानमा छ । ५ खेलमा ४ जीत र एक हारका साथ राजस्थान ८ अंककासाथ शीर्ष स्थानमा कायमै छ ।

