Madhes Khabar
खेलकुद

टी-२० विश्वकप जित्ने भारतीय टोलीलाई १२५ करोड भारु दिने घाेषणा

काठमाडौं,१६असार: बीसीसीआईले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बीसीसीआईका सचिव जय शाहले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४ जित्ने टिम इन्डियालाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । भारतीय टोलीले प्रतियोगिताभरि असाधारण प्रतिभा, दृढ संकल्प र खेलकुद प्रदर्शन गरेको छ। यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ।’

शनिबार राति भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो । भारतीय टोलीले लगभग १७ वर्षपछि यो उपाधि जितेको हो । टी–२० विश्वकप जितेकोमा भारतीय टोलीलाई आईसीसीले करिब २० करोड भारतीय रुपैयाँ पुरस्कार दिएको छ ।साभार:राताेपाटी

Related posts

वीरगन्जमा जारी जय ट्रफी क्रिकेट : आर्मी र पुलिसबीचको पहिलो खेल बराबर

MadhesKhabar

सुपर ओभरमा गण्डकीसंग हार्‍यो मधेस

MadhesKhabar

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाइ

MadhesKhabar

Leave a Comment