Madhes Khabar
खेलकुद

भारतसंगको पहिलो टेस्टमा अस्ट्रेलिया १०४ रनमै अलआउट

तस्वीर : क्रिकइन्फाे

वीरगन्ज,८मंसिरःभारतसंगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलियापनि १ सय ४ रनमै अलआउट भएको छ । खेलको दोस्रो दिनको खाना समयअघि घरेलु टोली अस्ट्रेलिया १ सय ४ रनमै समेटिएको हो ।

अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिए । अहिले भारतले दोस्रो पारीको ब्याटिङ थालेको छ । भारतले ४६ रनको अग्रता लिएको छ ।

यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रनमात्र बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिए ।

बोर्डर गभास्कर ट्रफीअन्तर्गत भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेस्ट शृङ्खला शुक्रबारदेखि सुरू भएको हो । यो टेस्ट शृङ्खलाले विश्व टेस्ट च्याम्पियनशिपको फाइनल पुग्ने सम्भावित टोलीको निर्णय गर्नेछ ।

Related posts

नेपालकाे खराब सुरुवात, आसिफ र कुशल सस्तैमा आउट

MadhesKhabar

नारायणी रंगशाला पुनर्निर्माणका लागि संकलित हस्ताक्षर कांग्रेसले मन्त्रीहरुलाई बुझायो

MadhesKhabar

ब्राजिलकाे सानदार जितमा नेयमारकाे उत्कृष्ट प्रदर्शन

MadhesKhabar

Leave a Comment