Madhes Khabar
खेलकुद

गुजरातमाथि लखनउकाे सहज जित

वीरगन्ज,२६चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट अन्तर्गत आईतबारराति भएको खेलमा लखनउ सुपर जायन्ट्स विजयी भएको छ ।लखनउले गुजरातलाई ३३ रनले हराएको हाे ।

लखनउले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले ३१, राहुल तेवातियाले ३० र शुभमन गिलले १७ रन बनाए ।

बलिङतर्फ लखनउका लागि यश दयाल एक्लैले ५ विकेट लिए । यस्तै क्रुनाल पन्ड्याले ३ तथा नभिन उल-हक र रभि विश्नोईले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएकाे थियो ।उसका लागि मार्कस स्टोइनिसले ४३ बलमा सर्वाधिक ५८ रन बनाए । यस्तै कप्तान केएल राहुलले ३३ तथा निकोलस पुरनले ३२ रन जोडे । आयुष बडोनीले २० रन बनाए ।

लखनउका लागि उमेश यादव र दर्शन नलकन्डेले २-२ विकेट लिए भने राशिद खानले १ विकेट लिए ।

जितपछि लखनउ ४ खेलमा ३ जित सहित अंक तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ ।

आईपीएलमा सोमबार चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् ।

Related posts

रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

MadhesKhabar

भाेलि युएईलाई हराए नेपाल टि-२० विश्वकपमा छनाैट हुने

MadhesKhabar

भारतमाथि वेस्ट इन्डिजकाे राेमाञ्चक जित

MadhesKhabar

Leave a Comment