Madhes Khabar
खेलकुद

आईपीएल : हार्दिककाे कप्तानीमा मुम्बईकाे पहिलाे जित

वीरगन्ज,२५चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा हार्दिक पान्ड्याको कप्तानीमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।

आइतबार आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले पराजित गरेकाे हाे ।

मुम्बईको वानखाडे स्टेडियममा भएकाे खेलमा २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन मात्र बनायो ।

दिल्लीका लागि ट्रिस्टन स्टब्स ७१ र पृथ्वी शाले ६६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो ।उसका लागि रोहित शर्माले सर्वाधिक ४९ रन बनाए । यस्तै इशान किसनले ४३ र टिम डाभिडले ४५ रन बनाए ।

लगातार तीन हारपछि मुम्बईको यो पहिलो जित हो र उसको दुई अंक भएको छ ।मुम्बई अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली भने अंक तालिकाको पुछारमा छ ।

Related posts

वीरगन्ज–१० को वडास्तरीय क्रिकेट टुर्नामेन्टको फाइनलमा जनकपुर र बागमती

MadhesKhabar

आईपीएलबाट बाहिरियाे गुजरात

MadhesKhabar

इन्दु बनिन् महिला टी–२० क्रिकेटमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

MadhesKhabar

Leave a Comment