Madhes Khabar
खेलकुद

आईपीएल : हार्दिककाे कप्तानीमा मुम्बईकाे पहिलाे जित

वीरगन्ज,२५चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा हार्दिक पान्ड्याको कप्तानीमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।

आइतबार आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले पराजित गरेकाे हाे ।

मुम्बईको वानखाडे स्टेडियममा भएकाे खेलमा २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन मात्र बनायो ।

दिल्लीका लागि ट्रिस्टन स्टब्स ७१ र पृथ्वी शाले ६६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो ।उसका लागि रोहित शर्माले सर्वाधिक ४९ रन बनाए । यस्तै इशान किसनले ४३ र टिम डाभिडले ४५ रन बनाए ।

लगातार तीन हारपछि मुम्बईको यो पहिलो जित हो र उसको दुई अंक भएको छ ।मुम्बई अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली भने अंक तालिकाको पुछारमा छ ।

Related posts

वीरगन्जमा आयोजित प्याब्सन मेडिसिटी टि–२० क्रिकेटको उपाधि मुनालाईट माविको कब्जामा

MadhesKhabar

मंगाेलियाविरुद्ध नेपालको सानदार जित, एउटै खेलमा बनायो चार वटा विश्वकीर्तिमान

MadhesKhabar

आईपीएलमा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदरावादका समर्थकको हत्या

MadhesKhabar

Leave a Comment