Madhes Khabar
खेलकुद

एभरेस्ट महिला भलिबल लिगमा मधेसकाे पहिलाे जित

कास्की,२१भदाैं:पाेखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा मधेस युनाईटेडले पहिलो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा मधेसले लिगकाे इतिहासमै पहिलाे पटक जित हात पारेकाे हाे।मधेसले पोखरा निन्जाजलाई हराएको हो ।

शनिबारको खेलमा मधेसले घरेलु टिम पोखरालाई ३–० को सोझो सेटमा हरायो ।पहिलो र दोस्रो दुवै सेट बराबर २५–१९ ले जितेकाे मधेसले तेस्रो सेट पनि २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यसअघिको लिगको प्रथम संस्करणमा पाँच वटै खेलमा पराजित भएको मधेसले यसपालि जारी दोस्रो संस्करणको दोस्रो खेल जितेको हो ।

जारी लिगमा हालसम्म ललितपुर र कर्णालीले बराबर ६–६ अंक बनाएका छन् । दुवै खेल सोझो सेटमा जितेकाले ललितपुर अंकतालिकाको शीर्ष स्थानमा छ । एक खेल जितेको मधेस तेस्रो स्थानमा छ ।

 

लिगमा आइतबार दुई खेल हुनेछन् । पहिलो खेल काठमाडौं स्पाइकर्स र मधेस युनाइटेडबीच दिउँसो २ बजे हुनेछ । दोस्रो खेलमा लुम्बिनी लाभाज र पोखरा निन्जाज अपरान्ह ४ बजे भिड्नेछन् ।

Related posts

वीरगन्जमा यू–१९ विश्वकप छनोटको तयारी : दिल्लीमाथि नेपालको सानदार जित

MadhesKhabar

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्माथि इंग्ल्यान्डकाे फराकिलो जीत

MadhesKhabar

क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ

MadhesKhabar

Leave a Comment