काठमाडौं,२३चैतःभारतको गुजरातामा जारी फ्रेन्डसीप टि–२० क्रिकेटमा शुक्रबार भएको खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ। बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै ११९ रनमात्र बनाएपछि खेल बरोडाले जितेको हो।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए। अन्य खेलाडीले सम्मानजनक रन जोड्न सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो। बरोडाका लागि शासवत रावतले ३१ रन र ध्रुव पटेलले २९ रन बनाए। नेपालका लागि गुल्शन झा र करण केसीले २–२ विकेट लिए।
नेपाल, गुजरात र बरोडा सम्मिलित फ्रेन्डसीप प्रतियोगितामा नेपाल यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। नेपालले बरोडासँगको पहिलो खेल र गुजरातसँगको दुवै खेल जितेको थियो।

