काठमाडौं,२३चैत:नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार तीन सयले ओरालो लागेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज शुक्रबार भने गिरावट देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। यसअघि हिजो बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुनको मूल्यपनि आज तोलामा एक हजार तीन सय रुपैयाँले ओरालो लागेको छ। हिजो बिहीबार प्रतितोला एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको हो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ६ सय १५ रुपैयाँ निर्धारण भएको छ। हिजो बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो। यस आधारमा आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ।

