Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य १३ सयले घट्यो

काठमाडौं,२३चैत:नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार तीन सयले ओरालो लागेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज शुक्रबार भने गिरावट देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। यसअघि हिजो बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्यपनि आज तोलामा एक हजार तीन सय रुपैयाँले ओरालो लागेको छ। हिजो बिहीबार प्रतितोला एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ६ सय १५ रुपैयाँ निर्धारण भएको छ। हिजो बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो। यस आधारमा आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ।

Related posts

विदेशमा पढ्न जानेहरूका कारण ६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

MadhesKhabar

सरकार र उद्योगी मिलेर बढाए ग्यासको भाउ,अब एक सिलिण्डर ग्यासको मूल्य कति ?

MadhesKhabar

गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध २८ असोज सम्म थप

MadhesKhabar

Leave a Comment