Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउमा नयाँ रेकर्ड कायम, तोलाको १ लाख ३३ हजार

सांकेतिक तस्बिर।

काठमाडौं,२१चैतःनेपाली बजारामा सुनको भाउ आज बुधबार अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो मंगलबार सुनको भाउ तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँ थियो ।

यसअघि अस्ति सोमवार तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो । सुनको भाउको अस्तिको रेकर्ड आज तोडिएको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर आज एक हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

नेपाल कमर्स एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन वीरगन्जमा सम्पन्न

MadhesKhabar

भारतमा कोभिड–१९ का सक्रिय केस ५ हजार नाघ्यो, ५५ जनाको मृत्यु

MadhesKhabar

वीरगन्जको भाटभटेनीमा भेटियाे म्याद गुज्रेका खाद्य सामग्री,तर जरिवाना भने ५ हजार मात्रै

MadhesKhabar

Leave a Comment