Madhes Khabar
अर्थतन्‍त्र

नेपाल कमर्स एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन वीरगन्जमा सम्पन्न

वीरगन्ज,१७माघ:नेपाल कमर्स एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार वीरगन्जमा सम्पन्न भएको छ ।

नेपालका उद्योग र व्यवसायमा भएका सम्भावनाहरूलाई संस्थागत गर्दै तिनीहरूको अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै भारतीय कमर्स एसोसिएसनका उपाध्यक्ष प्राध्यापक डा. मानस पाण्डेले सम्मेलनले उद्योग र व्यवसाय क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र ज्ञानको आदानप्रदान तथा नयाँ सम्भावनाहरुकाे खाेजीमा मद्दत गर्ने बताए ।

सम्मेलनकाे उद्घाटन सत्रमा बाेल्दै राजर्षि जनक विश्वविद्यालय जनकपुरका डीन डा. विनोद साहले वाणिज्य क्षेत्रमा हुने अध्ययन र अनुसन्धानको महत्त्वलाई जोड दिदैं यस्ता सम्मेलनले नेपालका व्यावसायिक संस्था र शैक्षिक संस्थाहरूको बिचमा नयाँ विचार र अन्वेषणको बाटो खोल्ने बताए ।

महेन्द्र बहुमुखी क्याम्पस धरानका अनुसन्धान समितिका प्रमुख प्रा. अशोक झाले अनुसन्धान र अनुसन्धानात्मक कार्यहरूको समर्थक गर्दै व्यवसाय र उद्योग क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्ने र तिनलाई समाधान गर्ने उपायहरू पहिचान गर्न अन्वेषण र अनुसन्धानको आवश्यकता रहेको औँल्याए।

नेपाल कमर्स क्याम्पसका सह-अध्यक्ष डा. सुरेन्द्र महतोले व्यावसायिक शिक्षा र अनुसन्धानका क्षेत्रमा भएका नयाँ अवधारणाहरूले नेपालका युवा व्यवसायीहरूलाई मार्गदर्शन गर्दै उनीहरूलाई प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सम्मेलन नेपालकाे वर्तमान आर्थिक अवस्थालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने सुनाैल अवसर भएको बताए।

 

वाणिज्य र व्यवस्थापन क्षेत्रमा अनुसन्धान, अध्ययन र सम्भावनाको अनुसन्धान गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासको मार्गचित्र तयार गर्ने उदेश्यले सम्मेलन आयाेजना गरिएकाे आयाेजक नेपाल कमर्स एसोसिएसनका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले बताए। सम्मेलनले नेपालको वाणिज्य र व्यवस्थापन क्षेत्रमा नयाँ विचार र दिशा प्रस्तुत गरेकाे उनले बताए।

सम्मेलनममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,वरिष्ठ उपाध्यक्ष हरि गाैतमका साथै विभिन्न क्याम्पसका प्राध्यपक लगायतकाकाे पनि सहभागीता थियाे।

Related posts

वीरगन्जका दुवै भन्सार कार्यालय असफल

MadhesKhabar

वीरगन्जको ड्राइपाेर्टमा डेढ वर्षदेखि थन्कियाे १८ हजार बाेत्तल विदेशी मदिरा

MadhesKhabar

सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम,ताेलाकाे १ लाख ३० हजार पुग्याे

MadhesKhabar

Leave a Comment