Madhes Khabar
अर्थतन्‍त्र

भारतमा कोभिड–१९ का सक्रिय केस ५ हजार नाघ्यो, ५५ जनाको मृत्यु

काठमाडौं,२३जेठ : भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा कोभिड–१९ का सक्रिय केसहरू ५ हजार नाघेका छन्। मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांक अनुसार भारतमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय केस पुष्टि भएका छन्।

धेरैजसो केस केरलामा पुष्टि भएका छन्। केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा बढी केसहरू रिपोर्ट गरिएका छन्।केरलामा १६७९, गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ सक्रिय कोभिड केस छन्।

मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ जनाको मृत्यु भइसकेको छ।

Related posts

मधेसको उद्योग–व्यवसाय सबल बनाउन प्रदेश सरकारले बनायो उच्चस्तरीय समिति

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम,ताेलाकाे १ लाख ३० हजार पुग्याे

MadhesKhabar

Leave a Comment